FAQs Complain Problems

ताजा जानकारी ::

संक्षिप्त परिचय

shivapuri

परापुर्बकालमा भगवान शिवको क्रिडास्थलको रुपम रहेको यस भूमिमा भगवान शिवको आराधना,तपस्याको, लागि ऋषि, महर्षि तपस्वीहरुले प्रयोग गरेको भुमिको पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको पाईन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज राष्ट्रिय संगै जोडिएको यस गाउँपालिका नुवाकोट जिल्लाको एैतिहासिक,धार्मिक रुपले पबित्र भूमिको रुपमा रहेको छ ।भौगोलिक रुपमा लेक ,बेशी, पहाड भूबनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भूमि प्रशस्त मात्रमा वनजङ्गल ढाकेको छ ।जनजातीको बहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जातजति ,भाषा ,धर्म,रीतिरिवाज,परम्पराविविधतामा एकता रहेको पाइन्छ।विविध जातजाती रहनसहन धार्मिक सांस्कृतिक एबं प्रकृतिक मनोरमका कारण यस गाउँपालिका पर्यटकीय दृष्टिकोडले पनि अत्यन्तै महत्वोपूर्ण रहेको छ। साबिक आठवाट गाविसहरु तलाखु,छाप, लिखु,सिक्रे,महाकाली, सुनखानी र थानापति समायोजन भई नेपाल सरकार बाट 2073 मा शिवपुरी गाउँपालिकाको गठन भएको हो। स्थानिय तहको निर्वाचन भई "सिंहदरबारको अधिकार घर घरमा" भन्ने उद्देश्यका साथ साबिक ८ ओटा गा.वि.स हरु मिलेर बनेको शिवपुरी गाउँपालिकाको केन्द्र शेरावगरमा रहेको छ। मध्यपहाडी लोकमार्गले शिवपुरी गाउँपालिका लाई विचबाट छीचलेको र टोखा छहरे सडक ले पश्चिमपटी वाट काटेको छ।काठमाण्डौसंग नजिक रहेको यस गाउँपालिका बिकाश र सम्बृद्विको लागि प्रचुर संभाबना रहेको एबं गाउँपालिका विकास र गाउँवासिको स्वर्णिम भबिश्यको लागि बिश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाइन्छ ।

शिवपुरी गाउँपालिकामा सबिकका समाबेश भएका गा.वि.स हरु

तलाखु :(साबिक गा.वि.सका १-९ सबै वडा)

छाप :(साबिक गा.वि.सका १-९ सबै वडा)

लिखु      :(साबिक गा.वि.सका १-९ सबै वडा)

सिक्क्रे     : (साबिक गा.वि.सका १-९ सबै वडा)

महाकाली  :(साबिक गा.वि.सका १-९ सबै वडा)

समुन्द्रादेवी :(साबिक गा.वि.सका १-९ सबै वडा)

सुनखानी   :(साबिक गा.वि.सका १-९ सबै वडा)

थानपति (साविक गा.वि.सका १-४,६-९ वडा)

जनसंख्या :२९२३२ मध्धे १४९१० महिला तथा १४३२२ परुुष रहके छ

क्षेत्रफल :१०१.५ बर्ग कि. मि.

सिमाना पूर्ब : सिन्धुपाल्चोक जिल्ला

पश्चिम :पञ्चकन्या,लिखु र ककनी गाउँपालिका

उत्तर : पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका

दक्षिण : काठमाण्डौ जिल्ला

केन्द्र :शेरावगर,महाकाली

 

शिवपुरी गाउँपालिका टेलीभिजन