परापुर्बकालमा भगवान शिवको क्रिडास्थलको रुपम रहेको यस भूमिमा भगवान शिवको आराधना,तपस्याको, लागि ऋषि, महर्षि तपस्वीहरुले प्रयोग गरेको भुमिको पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको पाईन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज राष्ट्रिय संगै जोडिएको यस गाउँपालिका नुवाकोट जिल्लाको एैतिहासिक,धार्मिक रुपले पबित्र भूमिको रुपमा रहेको छ ।भौगोलिक रुपमा लेक ,बेशी, पहाड भूबनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भूमि प्रशस्त मात्रमा वनजङ्गल ढाकेको छ ।