"शिवपुरी विकास र समृद्धिको आधार : शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार"

header AD
संक्षिप्त विवरण

नुवाकोट जिल्लाको दक्षिण पूर्वी भागमा अवस्थित शिवपुरी गाउँपालिका साविकका तलाखु, छाप, लिखु, सिक्रे महाकाली, समुन्द्रादेवी, सुनखानी र थानापती गा.वि.स. समावेस गरि ८ वटा वडामा विभक्त रहेको छ । भौगोलिक हिसाबले २७ डिग्री ४८ मिनेट ३२ सेकेण्ड देखि २७ डिग्री ५३ मिनेट २९ पूर्वी अक्षांस र ८५ डिग्री १८ मिनेट ११ सेकेण्ड देखि ८५ डिग्री २४ मिनेट ५१ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएर रहेको छ। कूल क्षेत्रफल १०१.५०३३ ब.कि.मि. रहेको यस गाउँपालिका समुन्द्रिक सतहको ६२० मिटर देखि २५२९ मिटरको उचाईमा रहेको छ। शिवपुरी गाउँपालिकाको कार्यालय रहेको स्थान वडा नं. ५ को शेरावगरमा रहेको छ । गाउँपालिकाको केन्द्र जिल्लाको सदरमुकाम विदुर देखि ३० कि.मी. र राजधानी काठमाण्डौ देखि ४० कि.मी. को सडकको दुरीमा रहेको छ। गाउँपालिकाको पूर्वमा सिन्धुपाल्चोक जिल्ला, पश्चिममा पञ्चकन्या, लिखु र ककनी गाउँपालिका, उत्तरमा पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका र दक्षिणमा शिवपुरी राष्ट्रिय निकुञ्ज पर्दछ ।

अद्यावधिक नक्साको आधारमा कायम भएको भू-उपयोग क्षेत्रको अवस्था   अद्यावधिक गरेपश्चातको भू-उपयोग क्षेत्र ओगटेको अवस्था
Landuse Zone
Area Sq.m
Percentage
 
Landuse Zone
Area Sq.m
Percentage
Agriculture 58166199.26 57.31%   Agriculture 35431975.02  34.91%
Commercial 17268.957 0.02%   Commercial 2823974.125 2.78%
Cultural 26264.87739 0.03%   Cultural  26264.877 0.03%
Forest 38155456.79 37.59%   Forest 38155456.79 37.59%
Hydrological 1103383.573 1.09%   Hydrological 1103383.573 1.09%
Industrial 2891.288286 0.00%   Industrial 2891.288 0.00%
Minerals 1805.444585 0.00%   Minerals 1805.445 0.00%
Public 2685760.769 2.65%   Public 2685760.769 2.65%
Residental 1114512.797 1.10%   Residental 21042031.87 20.73%
Others 229809.9343 0.23%   Others 229809.934 0.23%
Total
101503353.7
100.00%
 
Total
101503353.7
100.00%
स्रोतः नापी विभाग २०७८   स्रोतः Updating Land Use Zoning Map of Shivapuri Rural Municipality

ऐतिहासिक चिनारी तथा नामाकरण
परापूर्वकालमा भगवान शिवको क्रिडास्थलको रुपमा रहेको र पवित्र मानिएको यस भूमिमा भगवान शिवको आराधना र तपस्याको लागि ऋषि महर्षि र तपस्वीहरु आउने गरेको जनविश्वास रहेको छ। भगवान शिवको बसोवास गरेको क्षेत्रका रुपमा धार्मिक महत्व रहेको यस क्षेत्रलाई शिवपुरी भनिने गरिएको थियो।यसै शिवपुरी शब्दबाट नै गाउँपालिकाको नाम शिवपुरी रहन गएको हो। यस गाउँपालिका शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको मात्र नभई नुवाकोट जिल्लाको ऐतिहासिक तथा धार्मिक रुपले महत्वपूर्ण भूमिको रुपमा रहेको छ।

धरातलीय अवस्था
गाउँपालिकाको सबै भूभाग मध्य तथा उच्च पहाडी धरातलीय विशेषता बोकेको छ। नदी तटिय क्षेत्र र पहाडको फेदीमा समथर फाँट रहेका यस गाउँपालिकाको कुल भूभागको ४७.३०% भूभाग १५ डिग्रीदेखि १० डिग्री भिरालो रहेको छ भने ५ डिग्रीदेखि कम भिरालो रहेको भूभाग जम्मा २.१३% रहेको छ ।

राजनीतिक अवस्थिति
शिवपुरी गाउँपालिका बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्लामा रहेको छ । कूल १२ वटा स्थानीय तह मध्य दक्षिण पूर्वी भूभागमा अवस्थित यो गाउँपालिका प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्धारण गरिएका २ वटा क्षेत्रहरु मध्ये क्षेत्र नं. १ मा अवस्थित रहेको छ । साविक ८ वटा गा.वि.स. मिलेर बनेको गाउँपालिकाको केन्द्र शेरावगरमा अवस्थित रहेको छ। गाउँपालिकामा ८ वडा विद्यमान रहेका छन् । प्राकृतिक श्रोत तथा भु उपयोग प्राकृतिक श्रोतको अवस्था हेर्दा प्रशस्त कृषियोग्य जमिन रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.५ व.कि.मि. मध्ये ६७.७७% कृषियोग्य जमिन र १७.७४% वनजंगल रहेको छ । त्यसै गरी पानीले ओगटेको भाग ०.१४ तथा चट्टानी भाग १५.६१% रहेको देखिन्छ ।

जनसंख्या

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या जम्मा २,९१,६४,५७८ रहेको छ,जसमध्ये नुवााकोट जिल्लाको जनसंख्या २,६३,३९१ रहेको छ र शिवपुरी गाउँपालिकाको जनसंख्या १७,२०३ रहेको छ जसमध्ये शिवपुरी गाउँपालिकाको जम्म घर परिवार संख्या ४९२५,  पुरुषको संख्या ८२२२ (४७.७९ प्रतिशत), महिलाको संख्या  ८९८१ (५२.२० प्रतिशत) रहेको छ र जस अनुसार लैङ्गिक अनुपात (sex ratio) अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९१.५५ रहेको छ । 

आधारभूत जानकारी
Bagmati
Nuwakot
गाउँपालिका
101.50 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 17203
Male 8222
Female 8981
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2083-11-27
Website https://shivapurimun.gov.np/

Coordinates: 27.861973° N, 85.353372° E