FAQs Complain Problems

(डाउनलोड) बेरोजगार दर्ता निवेदन फारम PDF

आबस्यक कागजातहरुः

नागारिकताको फोटोकपी -१ थान

पासपोर्ट साईजको फोटो -१ थान

बसाई सराई गरी आएको हकमा, बसाई सराई प्रमाणपत्रको फोटोकपी -१ थान

फारम भर्दा तपशिलका कुराहरुमा अनिवार्य रुपमा ध्यान पुर्याउनुहुन अनुरोध गरिन्छ ।

  • यस कार्यक्रम अन्तरगत सञ्चालन हुने न्यूनतम रोजगारीले गरिब तथा जीवनयापन जोखिममा परेका बर्गलाई सामाजिक सुरक्षा र संरक्षण दिने उद्देश्य लिएको छ ।
  • न्यूनतम रोजगारीमा आबद्ध गर्ने लक्षित वर्ग गरिब तथा सामान्य जीवनयापनमा कठिनाई भएका नागरिक रहेकोले वैयक्तिक तथा पारिवारिक विवरणहरू (व्यक्तिगत विवरण, पारिवारिक विवरण, आय आम्दानी तथा अन्य पेशा व्यवसाय तथा राज्यका अन्य सामाजिक सुरक्षाका कार्यकममा आवद्ध भए नभएका आदी) संकलन गर्दा यथार्थपरक र पूर्ण विवरण संकलन गर्नुपर्ने ।
  • फारमको साथमा निवेदको नागरिकताको फोटोकपी अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ।
  • फारममा उल्लेखित सवै विवरणहरु स्पष्ट रुपमा भर्नपर्नेछ।
  • परिवारका सम्पुर्ण सदस्यहरुको नाम, नाता, जन्ममिति, नागरिकता नं., जारी जिल्ला, जारी मिति खुलाएर लेख्नुपर्नेछ ।
  • निवेदक सहित परिवारका सम्पुर्ण सदस्यको शैक्षिक योग्यता, दक्षता र रोजगारीको अवस्था ।
  • कुल आर्थिक पारीवारीक आम्दानी, परिवारका कुनै सदस्यको सामाजिक सुरक्षा भत्ता वा अन्य पेन्सन सुविधा भए नभएको र काम गर्ने समय अनिवार्य रुपमा भर्नुपर्नेछ ।
  • रोजगारीको अवस्था परिवारका सम्पुर्ण व्यक्तिहरुको स्वदेश, विदेश वा स्वरोजगार अनिवार्य रुपमा भर्नुपर्नेछ । निवेदकको उमेर १८ वर्ष देखि ५९ वर्ष पुरा नभएको ।

नोटः विबरण नपुगेका फारामहरु अस्विकृत हुनका साथै समयावधिमा फारम भर्न छुटन गएमा उपलब्ध हुने काममा समावेश गराउन नसकिने व्यहोरा सवैमा जानकारी गराइन्छ ।

 

बिस्तृत जानकारिको लागि

रोजगार सेवा केन्द्र, शिवपुरी गाउँपालिका

https://www.facebook.com/shivapurirojgar

http://shivapurimun.gov.np/

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

शिवपुरी गाउँपालिका टेलीभिजन