FAQs Complain Problems

ताजा जानकारी ::

निर्माण कार्य गर्ने सम्बन्धि शिलवन्दी दरभाउपत्र आह्वानको सूचना

                                                      निर्माण कार्य गर्ने  सम्बन्धि शिलवन्दी दरभाउपत्र आह्वानको सूचना

                                                                                                                                (प्रथम पटक सूचना प्रकाशित मिति: २०७५/ ०४/ २८)

 

 

 

 

यस कार्यालयबाट चालु आर्थिक वर्ष २०७५/०७६ का लागि तपसिल बमोजिमको निर्माण कार्य गर्नु पर्ने भएकोले यस सूचना बमोजिमको निर्माण गर्न इच्छुक योग्यता पुगेका कम्पनी, फर्म वा सप्लायर्सहरुले निम्न अनुसार रितपुर्वकको शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो १५ दिने सूचना प्रकाशित गरिएको छ |

  1. इच्छुक दरभाउपत्रदाताहरुले रु. १०००/- (फिर्ता नहुने गरि) दरभाउपत्र खरिद गरि लिखित निवेदनको साथमा दरभाउपत्रदाताको नवीकरण भएको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धिकर प्रमाणपत्र तथा आ.व. २०७४/७५ सम्म कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरू पेश गरि शिवपुरी गाउँपालिका कार्यालय, शेराबगर, नुवाकोटबाट यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ औं दिनको कार्यालय समय भित्र खरिद गर्न सकिनेछ |
  2. १६ औं दिनको १२:०० भित्र यस कार्यालयमा दरभाउपत्र शिलबन्दी गरि खाममा आफुले निर्माण गर्ने कार्यको विषय समेत उल्लेख गरि दर्ता गराउनु पर्नेछ |
  3. दर्ता भएका दरभाउपत्रहरु १६ औं दिन दिनको २M००  बजे कार्यालयका प्रतिनिधि र उपस्थित दरभाउपत्रदाताका प्रतिनिधिको रहोवरमा खोलिनेछ | दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएपनि खोल्न वाधा पर्ने छैन |
  4. दरभाउपत्रसाथ तोकिए बमोजिमको जमानत रकम यस कार्यालयको नेपाल बैंक लिमिटेड, त्रिशुली, नुवाकोट स्थित धरौटी खाता नं. 02-603-000000003000013 मा जम्मा गरेको सक्कल भौचर वा कम्तिमा दरभाउपत्र दाखिला हुने अन्तिम मितिले ७५ दिन म्याद भएको मान्यता प्राप्त बैंकबाट जारि गरिएको सक्कल विड-बोन्ड संलग्न गर्नु पर्नेछ |
  5. दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन विदा परेको खण्डमा त्यसको लगत्तै कार्यालय खुलेको दिन उल्लेखित कार्यहरु गरिनेछ |
  6. कुनै कारण जनाई वा नजनाई दरभाउपत्र आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने एवं सूचना रद्द गर्ने सम्पूर्ण अधिकार कार्यालयमा सुरक्षित रहनेछ |
  7. दरभाउपत्र सम्बन्धि अन्य कुनै कुरा बुझ्नु पर्ने भएमा गाउँकार्यपालिकाको कार्यालय वा फोन नं. ०१०-६३००६३ मा सम्पर्क राख्न सकिनेछ |
  8. दरभाउपत्र सम्बन्धि अन्य काम कारवाही प्रचलित ऐन नियम अनुशार हुनेछ |

ठेक्का नं. 

SRM/SQ/

    Const/

    075/076/1

कामको विवरण- Construction of Prefab walls and truss works at Krishi Upaj Kendra

अनुमानित लागत

(मु.कर बाहेक )

रु.  १७,६५,७६७/-

शिलबन्दी दरभाउपत्र

फारम दस्तुर रु.      १,०००/-

जमानत रकम

रु. ४४,१४५/- 

 

आर्थिक वर्ष:

शिवपुरी गाउँपालिका टेलीभिजन