ताजा जानकारी ::
Rheumatic heart disease सम्बन्धि अभिमुखिकरण तालिका केहि तस्विरहरु
आज मिति २०७७/०८/०५ गते शुक्रबारको दिन मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रांसप्लांट सेन्टर महाराजगंज काठमाडौंको सहयोग र शिवपुरी गाउँपालिकाको समन्वयमा एक दिने Rheumatic heart disease सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भयो , जसमा प्रशिक्षकको रुपमा प्रोफेसर. डा. भगवान कोइराला , डा. सन्दिप थापा , डा. ईस्म्रीति शाक्य , डा. राजाराम खनाल र डा. रत्नमणी गजुरेल उपस्थित हुनुहुन्थ्यो।
उक्त कार्यक्रममा प्रशिक्षार्थीको रुपमा १० वटा स्वास्थ्य चौकिका ईन्चार्जहरु , महिला स्वस्थ्य स्वयंम सेविका , गा. पा. कर्मचारी गरी जम्मा ४५ जना सहभागिहरु उपस्थित हुनुहुन्थ्यो।
गाउँपालिका अध्यक्ष श्री रामकृष्ण थापा ज्यूले स्वागत मन्तव्य सहित डा. भगवान कोइराला लगायत सम्पुर्ण टिमलाई यस गाउँपालिका समुदायमा स्तरसम्म जनचेतना प्रदान गर्नुभएकोमा हृदयदेखि हार्दिक आभार प्रकट गर्नुभयो साथै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको अपेक्षा गर्नुभयो।