FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहाभागि हुनको लागि इ‍च्छुक बेरोजगार ब्यक्त्तिहरुबाट आवेदन फारम भर्ने सम्बन्धी सूचना !!!

 

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहाभागि हुनको लागि इ‍च्छुक बेरोजगार ब्यक्त्तिहरुबाट आवेदन फारम भर्ने सम्बन्धी सूचना !!!

रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११ को रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ (दोस्रो संशोधन, २०७८ सहित ) को दफा को उपदफा (१) बमोजिम आगामि आर्थिक वर्ष २०७९/०८० मा शिवपुरी गाउँपालिकाको मातहतमा रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणको काममा योगदान गर्न इच्छुक सामाजिक र आर्थिक अवसरबाट बञ्चित विपन्न बर्गका महिला, आदिवासी, जनजाति, दलित तथा अन्य सिमान्तकृत समुदायका बेरोजगार व्यक्तिहरुले आफु स्थाई बसोवास गरेको वडा कार्यालयमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ (दोस्रो संशोधन २०७८ सहित ) को अनुसुची १ वमोजिमको ढाँचामा २०७८ साल फागुन मसान्त सम्ममा फारम भर्न सबैमा जानकारीको लागि अनुरोध छ ।

आवश्यक कागजपत्रहरु :

१) नागरीकताको प्रतिलिपी १ प्रति

२) पासपोर्ट साइजको फोटो १ प्रति

३) फारममा उल्लेख गरिने परिवार ( १८ ५९ वर्ष ) का नागरिकताको प्रतिलिपी एक एक प्रति नागरिकता नलिएका हकमा जन्म मिति खुल्ने कागजात समावेश गर्नु पर्नेछ।

 

(नोट: उमेर १८ देखि ५९ सम्म वर्षको हुनु पर्नेसाथै फारम सम्बन्धीत वडा कार्यालय वा pmep.gov.np  वा shivapurimun.gov.np वा facebook.com/shivapurimun वा  shorturl.at/krDEV  बाट समेत डाउनलोड गर्न सकिनेछ ।)

 

                                                               

आर्थिक वर्ष:

शिवपुरी गाउँपालिका टेलीभिजन