ताजा जानकारी ::
शिवपुरी गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न ।
नुवाकोटको शिवपुरी गाँउपालीकाको तेस्रो गाँउसभा सम्पन्न भएको छ । “शिवपुरी समृद्धि को आधार शिक्षा कृषि पर्यटन र पुर्बाधार” भन्ने मुल अभियानका साथ गाँउपालीकाको कार्यालय शेराबगरमा असार १० गते आयोजना गरिएको गाँउसभाद्धारा आर्थिक बर्ष २०७५÷०७६ को लागि ४३ करोड ५५ हजार रुपयाँ बराबरको बार्षीक योजना तथा बजेट समेत प्रस्तुत गरिएको छ ।
गाँउसभाद्धारा जनसंख्या,भुगोल र मानव सुचांकको आधारमा पछाडी पारीएका समुदायको बस्ती रहेको वडाहरुलाई प्राथमिकताको आधारमा न्युनतम ८८ लाख देखि १ करोड २४ लाख रुपयाँ बिनीयोजन गरिएको छ । प्रत्यक वडा तथा बस्ती भेलाबाट छानीएर आएका ८ वटै वडाका लागि ८ करोड २० लाख रुपयाँ बिनीयोजन गरीएको छ ।
त्यस्तै दिगो विकासमा सहयोग पु¥याउन प्रत्यक वडाहरुलाई एउटा गौरबको आयोजना संचालनको लागि ५० लाखका दरले थप ४ करोड बिनीयोजन गरिएको छ । न्युनतम ८८ लाख पाउने वडाले एउटा गौरबको आयोजना संचालन बापतको ५० लाख थप सहित १ करोड ३८ लाख रुपयाँ पाउने छन् ।
त्यस्तै पुर्वाधार, कृषि, सडक बत्ती, बिजुलीको पोल आदीकामा सहलगानीका लागि समपुरक कोष(म्याचीङ फण्ड) का लागि १ करोड ४० लाख रुपयाँ बिनीयोजन गरिएको छ ।
त्यस्तै वडा कार्यालयहरु तथा गाँउपालीकाको भबन र्निमाणका लागि १ करोड ६० लाख बिनीयोजन गरिएको छ । त्यस्तै शिवपुरी गाँउपालीका ७ विर्ताकोचौरमा बि ग्रेडको रंगशाला र्निमाणका लागि २० लाख रुपयाँ बिनीयोजन गरिएको छ । उक्त रंगशालाको लागि गतबर्ष पनि गाँउपालीकाले लगानी गरेका थियो ।
शिवपुरी गाँउपालीका वडा नं १ देखि ८ सम्म जोडने कृषि रिङरोड निर्माणका लागि २५ लाख बजेट बिनीयोजन गरिएको छ । निर्वाचीत भएलगत्तै उक्त कृषि सडक निर्माणका लागि अध्यक्ष रामकृष्ण थापाले महत्वकांक्षी योजना अगाडी सारेका हुन् । कृषि सडकका लागि डिपीआर तयार हुंदै छ ।
शिक्षा, स्वास्थ्य, र कृषिका लागि शसर्त १२ करोड १४ लाख, सामाजीक सुरक्षाभत्ताका लागि ६ करोड बजेट बिनीयोजन गरिएको छ ।
त्यस्तै गाँउसभाले कृषि तर्फको आयोजनाहरुका लागि ५५ लाख, पशु, बन, वातावरण, लक्षीत बर्गहरुका लागि समेत आवश्यक बजेट बिनीयोजन गरेको छ ।
तेस्रो गाँउसभामा गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले पेश गर्नुभएको नीति तथा कार्यक्रममा मत बिभाजन हुंदामा बहुमत सदस्यहरुद्धारा कार्यक्रम पास भएको थियो । त्यस्तै उपाध्यक्ष मञ्जु केसीले पेश गर्नुभएको बिनीयोजन विद्ययेक, बजेट एवं कार्यक्रम समेत सर्वसम्मत रुपमा पास भएको थियो ।
वस्ती तथा वडा भेलाबाट आएका आयोजनाहरुका लागि ८ करोड २० लाख बिनीयोजन गरिएको छ भने दिगो पुर्वाधार विकासका लागि प्रत्यक वडालाई १÷१ वटा गौरबको योजना निमार्णका लागि थप ५०÷५० लाख रुपयाँ बिनीयोजन गरिएको छ ।
वडा नं १ - १ करोड २४ लाख + ५० लाख गरी १ करोड ७४ लाख
वडा नं २ - ९० लाख + ५० लाख गरी १ करोड ४० लाख
वडा नं - ९६ लाख + ५० लाख गरी १ करोड ४६ लाख
वडा नं ४ - ८८ लाख + ५० लाख गरी १ करोड ३८ लाख
वडा नं ५ -१ करोड २४ लाख + ५० लाख गरी १ करोड ७४ लाख
वडा नं ६ - १ करोड ९ लाख + ५० लाख गरी १ करोड ५९ लाख
वडा नं ७ - ८९ लाख + ५० लाख गरी १ करोड ३९ लाख
वडा नं ८ - १ करोड + ५० लाख गरी १ करोड ५० लाख
आर्थिक वर्ष:
शिवपुरी गाउँपालिका टेलीभिजन